यसको प्रभावले बिहीबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्कार मध्यम वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा पाल्पाको हात्तीलुङमा  २४.८ मिलिमिटर वर्षा भएको छ। रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर, परासीमा ११.२ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा पाल्पाको रामपुरमा १७२.८ मिलिमिटर, हात्तीलुङमा १६४ मिलिमिटर, बल्ढ्याङगढीमा १२२.८ मिलिमिटर, तानसेनमा ९३ मिलिमिटर, गण्डकोटमा ८०.२ मिलिमिटर, अर्घखाँचीमा ९०.४ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा ८१.८ मिलिमिटर वर्षा मापन भएको छ।बिहीबार दिउँसो देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ।