स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै
कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको स्थानीय तहले रोजगारी दिएका ३७५ जनालाई साउन १ गतेबाट लागू हुने गरी हटाउने निर्णय गरेको छ । जिल्लाको पलाँता गाउँपालिकाले सरकार र पार्टीको बिवादका कारण रोजगारी दिएका ३७५ जनालाई पार्टीले हटाउन निर्देशन दिएपछि गाउँपालिकाले रोजगारी दिएका सबैलाई हटाउने निर्णय गरेको गाउँपालिकाअध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।
अध्यक्ष बमका अनुसार रोजगारीबाट हटाईएका हरुमा ३० स्वयमसेवक, ३२ स्वास्थ्यकर्मी, ४२ जना बन चौकिदार, १५५ निर्माणदल, ६२ जना शिक्षा तर्फका कर्मचारी, ११ सिबिल प्राबिधिक, २ कृषि प्राबिधिक, १३ उर्जा तर्फका कर्मचारी, १ वन कर्मचारी, १ खानेपानि कर्मचारी, १३ महिला सशक्तिकरण कार्यक्रमका कर्मचारी, १३ जना प्रसाशनका श्रेणि बिहिन कर्मचारी रहेका छन ।
जिल्लाको पलाँता गाउँपालिकाले नेपालमै पहिलो पटक स्थानीय युवाहरुलाई निर्माण कार्यदल बनाई रोजगारी दिएको थियो । युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर चर्चा पाएको पलाँता गाउँपालिकाले यो आर्थिक वर्षमा भने पार्टी भित्रको आन्तरिक कलहका कारण रोजगारी पाएका ठुलो जनशक्तिलाई हटाउने निर्णयमा पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ले बताउनुभयो ।
‘पलाँतालाई यो उचाई सम्म पुर्याउनमा निर्माण कार्यदल र अन्य कर्मचारीको ठुलो योगदान रहेको छ । मैले सरकारको तर्फबाट रोजगारी दिएका पलाँताका युवाहरुलाई हटाउने निर्णय गर्दा म निर्बाचित भएर आईसकेपछिको कार्यकालकै सबैभन्दा कालो दिनको रुपमा मैले यो दिनलाई लिने छु, निर्माण कार्यदलले पलाँता बिकासको लागि खेलेको भुमिका मैले भनिरहनु पर्दैन,’
‘गाउँपालिका अध्यक्ष बमले भने,’ ‘पार्टीले दिएको आदेश कार्यन्वयन गर्ने मेरो कर्तव्य हो अरु त के नै भन्न सकिन्छ र ।’ पलाँतामा हुने गरेका बेला बेलाका बिवादहरुलाई मिलाउनको लागि जिल्ला पार्टीको समन्वयमा पलाँताको स्थानीय पार्टी र पलाँता सरकार बिच ११ बुदे सम्झौता पत्र भएको थियो ।
११ बुदे सम्झौता पत्रमा पलाँता सरकारले रोजगारी दिएका निर्माण कार्यदल र अन्य कर्मचारीलाई हटाउनु पर्ने माग राखिएकोले सबैलाई रोगजारीबाट बिदा गर्न लागिएको अध्यक्ष बमले बताउनुभयो । निर्माण कार्यदलका युवाहरुले नै पलाँता समृद्धिको दिशातिर उन्मुख भएको हो तर आज हटाउनु पर्ने बाध्यताले आफु दुखि भएको गाउँपालिका अध्यक्षले अग्निज्वाला समचार डटकम लाई बताउनुभयो