दशै नजिकिए संगै गाउँपालिका अध्यक्ष बमले दिए दशैको शुभकामना
मान बहादुर बिश्वकर्मा
कालिकोट । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति (कान्छाँ) ले दशै नजिकिए संगै दशै बिशेष शुभकामना आदान प्रदान गर्न थाल्नु भएको छ । बिश्व यतिखेर कोरोना भाईरस (कोभिड-१९) को यो बिशम परिस्थितिमा रहेता पनि देश एवम् बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनी हरु लाई शुभकामना दिनुभएको छ ।
उहाँले मंगल बार साझँ त्रिबेणी खबर डटकम बाट पहिलो दशैको सुभकामना सन्देश दिनु भएको हो । शुभकामना सन्देशमा भनिएको छ , नेपाली हरुको महान चार्ड बिजया दशमी तथा शुभ दिपावलि २०७७ को मेरो ब्यक्तिगत र सिङ्गो पलाँता गाउँपालिका को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दैछौं नेपालीहरुको महान् चार्ड बिजया दशमि तथा शुभ दिपावलि २०७७ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दैछौं ।
उहाँले भन्नु भएको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्य बरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुने चलन रहेको छ । दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा बिकास भैरहेको पर्बको रुपमा लिन सकिन्छ ।
दशैं लगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको भएपनि यस बर्षको दशै एकदम शान्त र मर्यादिक तरिकाले मनाउन समेत गाउँपालिका अध्यक्ष बमले आग्रह समेत गर्नु भएको छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको पाईएनि । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्ने धारणा समेत गाउँपालिका अध्यक्ष बमले ब्यक्त गर्नु भएको छ ।
अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित नहुने र तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा नभई, सरल र सहज बनाउनु आवश्यक रहेको उहाँले बताउनु भयो । आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलि २०७७ सालको हार्दिक मंगलमय शुभकामना समेत सबैलाई गाउँपालिका अध्यक्ष बमले ब्यक्त गर्नु भएको छ ।