मान बहादुर बिश्वकर्मा

कालिकोट । कालिकोट जिल्लाको एकमात्र बिमानस्थल सुनथराली बिमानस्थलको काम यतिखेर निकै नै रफ्तारमा निर्माण कार्य भैइरहेको छ । बिक्रम संम्वत २०४३ सालदेखी निमार्ण भैइरहेको उक्त बिमानस्थल अबको केहि समयमा नै सम्पन्न हुने भएको छ ।

आज शुक्रबार नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट लगायतको टोलि उक्त बिमानस्थल भ्र्रमण गर्दै अबको केहि समयमा गाउँपालिका तथा जिल्लाबासि सम्पुर्ण लाई हवाई सुबिधायुक्त हुने बिश्वस्त पार्नु भएको छ ।

जिल्ला सभापती दिप बहादुर शाही,जिल्ला पंञ्चायत सदस्य अबिलाल बिष्ट,प्रधान पंञ्च ज्ञान बहादुर बिष्टको अगुवाईमा २०४३ सालमा उक्त बिमानस्थल शिलान्यास भएको थियो । उक्त धावनमार्गको कार्य घेरबार र टावर देखि अन्य निमार्णको काम भैइरहेको छ ।

करीब १४ करोडको लागतमा धावनमार्ग र ७ करोडमा बिमानस्थल घेरबार भैइरहेका गाउँपालिका अध्यक्ष धीर बहादुर बिष्टले बताउनुभयो । शिलान्यास भएको तिन दशक पुगिसक्दा पनि निर्माण कार्य नभएपछि अहिले गाउँपलिका अध्यक्ष,उपाध्यक्ष लगायतको पहलमा बिमानस्थलको कामहरु तिब्रगतीमा भैइरहेको बिमानस्थल निर्माण समिती श्रोतले जनाएको छ ।