Agnijwala.com

कालिकोट । कालिकोटमा कोरोना क्वारेन्टाइन हेर्ने गरी कालीकोटको शुभकालीका गाउँपालीकामा खटिएका स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछी कालीकोट जिल्ला अस्पतालमा पनि उच्च सतकर्ता अपनाइएको छ ।

शुभकालीमा गाउँपालीकामा रहदा कोरोना पोजेटिभ देखिएका डाक्टर कालीकोट जिल्ला अस्पतालमा पनि हप्तौ बसेका थिए , बसाइँका क्रममा अस्तालमा कार्यरत स्वास्थ्य कर्मी संग घुलमिल भएको भन्दै जिल्ला अस्पतालका डाक्टरहरुलाई पनि सेल्फ क्वारेन्टाइनमा रहने ब्यवस्था मिलाइएको र सेवा ग्राहीहरु लाई सेवा दिन उच्च सतकर्ता अपनाइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर भिस्म प्रसाद पोख्रेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार अस्पतालका कार्यरत डाक्टरहरुको स्वाब परिक्षणको रिर्पोट नआए सम्म उच्च सतकर्ता अपउनाउन निर्देशन गरिएको बताउनु भयो । डाक्टर पोख्रेलका अनुसार जिल्ला अस्पतालमा रहेका चिकित्सकहरु लाई सेल्फ क्वारेन्टाइनमा बस्न र सेवा दिनु परे कोरोना सम्बन्धि सुरक्षा सामाग्री पिपिइ ,ग्लोप्स, र मास्क प्रयोग गरेर मात्र सेवा दिन निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डाक्टर भिष्म प्रसाद पोख्रेलले बताउनु भयो ।