twitter sharing button
sharethis sharing button
काठमाडौं ३ जेठ ।नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पार्टीलाई थप ब्यवस्थित र संगठनात्मक संरचना लगायतका विषयहरुमा सुझाव मागेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो पार्टीलाई नयाँ ढंगले कसरी बढाउने भनेर पार्टी पंक्ति र शुभ चिन्तकहरुको  उचित राय सल्लाह सुझावको अपेक्षा गरेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन् ,हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।