मान बहादुर बिश्वकर्मा

कालिकोट । कालिकोट जिल्लाको पलाँँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले आफुलाई पटक पटक घेरावन्दी गर्नेहरु दलाल र लुटेरा भएको वताउनु भएको छ । उहाँले लुटन नपाएका दलालले आफुलाई पलाँतामा राम्रोसंग काम गर्न नदिएको समेत खुलासा गर्नुभयो । लुटतन्त्रको जालोले सरकारलाई राम्रो काम गर्न नदिएको आरोप अध्यक्ष बमले लगाउनु भएको छ ।


पलाँता गाउँपालिकामा लुटतन्त्र मचाएर सरकार चलाउन नदिएकै कारण आफुले बिरोध खेप्नु परेको उहाँको भनाई छ । आफु बिरुद्रमा भईरहेका सबै षडेन्त्र दलाल र लुटेराको एक संजालले गरेको अध्यक्ष बमले आरोप लगाउनुभयो । मैले सबै मिलेर खाउँ भन्दा उहाँहरु मेरो जयजयकार गदै नारा लगाउनु हुनेथियो । तर आफुले खाने होइन, काम गर्नु पर्छ पलाँतालाई नमुना गाउँपालिका वनाउनु पर्छ, जनताका सबै आवस्यक्तालाई हाम्रै पालामा पुरा गर्नु पर्छ भन्दा मेरा बिरुद्रमा वेला वेला जिल्ला प्रशासन कार्यालय अख्तीयार ल गाएत ठाउँमा रुवावासी गर्न त्यहाँका केही दलाल मानसिक्ता भएका मान्छे पुगेको जिकिर गर्नुभयो ।


जति सरकारहरु छन सबै लुटतन्त्रको जालोमा परेका छन । त्यसैले चाहेर पनि सरकारले आफ्नो कदम चाल्न नसकेको जिकिर गर्नुभयो । उहाँले लुट्नका लागि सरकारका अध्यक्ष मन्त्री र सासदसंग नाता जोडेर फाईदा लिने र यदी त्यो उनिहरुले सोचेको जस्तो नभएको खण्डमा वाहिर आएर बिरोध गर्ने गरेको आरोप लगाउनुभयो । आफु दलाल जस्तै हुनु परेको र दलालको आरोप खेप्पनु परेको,दलालगिरी गर्नेहरुसंग संंगात नगरेकै कारण आफु अपमानित हुनु परेको उहाँको भनाई छ ।


आफु पलाताको बिकाशका लागि निरन्तर लागिरहेको र लागि रहने बताउभयो । आफुलाई अहिले फोरी घेरा बन्दी गरीरएकाले सचेत नागरिक कोही पनि भ्रमित नहुन आग्रह गर्नुभयो । यस्तै घेरावन्दी रहिरहेमा आफुले पलाँताको सरकार छोड्ने चुनौँती समेत अध्यक्ष बमले दिनु भयो । दलाल हरुले गर्दा देशनै उथल,पुथल भयको भन्दै आफुलाई पनि पलाँतामा घेरावन्दी गरिदै आएको तर उनिहरुको गलत आसयको घेरावन्दी जनताको सहयोगमा आज सम्म छिचोल्दै आएको वताउनुभयो ।