राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय भित्र विपक्षीदलहरुले गठबन्धनको सरकार बनाउन नसकेपछि पुन केपी शर्मा ओली नै प्रधानमन्त्री बनेका छन् । ओली धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका हुन् ।

अब ओलीले यहि धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । यदि विश्वासको मत लिन नसकेको अवस्थामा पुन  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम उपधारा २ बमोजिम प्रतिनिधि सभाको विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

जसले बहुमत प्राप्त गर्छ  त्यसैले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ यदि यस्तो नभएकाे खण्डमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोकिनेछ । मुलुक फेरि मध्यावधि चुनावतर्फ जाने छ ।