१६ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा कालिकोटमा एक वडाँ अध्यक्ष प्रकाउ
कालिकोट । खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो । पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन ।
१६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् । पीडित किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’
केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन ।
वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलीका अनुसार वडाध्यक्ष शाहीविरुद्ध मुद्दा दर्ता भएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन ।