कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाढी पिडीतलाई खाली चेक दिएको खुलासा
कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटका बाढी पिडीतलाई खालि चेक हस्तान्तरण गरेको रहस्य खुलेको छ ।
बुधबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार स्थित होटल मदनको सभाहलमा पत्रकार भेटघाट कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै नेपाली कांग्रेसका यूवा नेता तथा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पिडीतलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खालि चेक दिएको रहस्य खुलाउनु भएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाढी पिडीतलाई खालि चेक दिएर अनावश्यक धोका दिएको कुरा आफुलाई थाहा भएको र बाहिर बताउन नचाहेको नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कालिकोटको सिडियोलाई साक्षी राखेर मुख्यमन्त्री शाहीले नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका बाढी पिडीतलाई रित्तो चेक दिएर अपमान गरेको समेत बताउनुभयो ।
नेपाली कांग्रेसका नेता शाहीले पत्रकार संग कुरा गर्दै मुख्यमन्त्री शाहीले बाढी पिडीतलाई खाली चेक दिएको कुरा मिडियामा नआएकाले कसैलाई थाहा नभएको र जानकारी नभएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिका बाँकाका सात परिवार गुमाएका पिडीत परिवारका आफन्त लाई जिल्ला प्रशासन कार्यालय कालिकोटमा खालि चेक हस्तान्तरण गर्नु भएको थियो ।