प्रदेश सरकारको राहात कालिकोटका बाढी पहिरो पिडीतलाई १ करोड २ लाखको चेक हस्तान्तरण
मान बहादुर बिश्वकर्मा
कालिकोट । जिल्लामा केहि साता अघि आएको बाढी,पहिरो बाट मुत्यु भएका मृतकका आफन्तलाई कर्णाली प्रदेश सरकारले राहात प्रदान गरेको छ ।
कर्णाली प्रदेश सरकारले आज १ करोड २ लाखको चेक हस्तान्तरण गरेको हो । कालिकोट जिल्लामा बिभिन्न ठाउँमा गएको बाढी पहिरोमा परि ज्यान गुमाउने ५१ जना मृतकका आफन्तलाई २ लाख बराबरको राहत स्वरुप चेक मार्फत राहात बितरण गरेको हो ।
जिल्लाको सदरमुकाम मान्ममा बाढी पिडित राहत बितरण कार्याक्रमको आयोजना गरी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द बहादुर शाही,कानुन मन्त्री नरेश भण्डारी र सामाजिक बिकास मन्त्री दल रावलले कालिकोटमा बाढी,पहिरोबाट मुत्यु भएका मृतकका आफन्तलाइ उक्त रकम चेक मार्फत हस्तान्तरण गरीएको बताईएको छ ।