काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ ।  न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरेको हो । इजलासले सजाय निर्धारणका लागि अलग्गै पेस गर्न आदेशसमेत दिएको छ ।  २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।