काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक अचानक स्थगित गरेका छन् । विपक्षी दलहरुले संसद बैठकमा बोले लगत्तै सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।  प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख र सभाको अपहेलना गरेको रास्वपा सांसदकाे आराेप थियाे ।  सभामुख डोलप्रसाद अर्यालले पनि सभामुख र सभाको अपहेलना भएको बताएका हुन्। साथै उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। एमाले सांसद राईले ‘तपाईंले कान सुन्नु हुन्छ कि हुन्न’ भनेर प्रश्न सोधेका थिए। त्यसपछि सभामुख अर्यालले सभामुख र सभाको अपहेलना भएको भन्दै राईलाई बोल्न समय नदिने बताएका थिए। एमाले सांसद राई उठिरहेका थिए, सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए। तीन पटक बोलाउँदा पनि सांसद तामाङ बोल्न उठेका थिएनन्। यसबीच सभामुखले अर्का सांसदलाई बोल्न दिएको भन्दै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए।  सभामुख अर्यालले एमाले सांसद राईप्रति लक्ष्य गर्दै सांसदले बोल्ने क्रममा ‘जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ यस विषयमा ध्यानाकर्षण भएको’ बताएका थिए। त्यसपछि सत्तारूढ रास्वपा सांसद टीका संग्रौला ज्वालाले नियमापत्ति गरेकी थिइन्। उनले नियम २१ को ख मा प्रष्ट लेखिएको भए पनि ‘आँखा देख्नु हुन्छ कि हुन्न’ भनेर सोध्न पाउने कि नपाउने भनेकी थिइन्। एमाले सांसद राईले प्रयोग गरेको ‘सभामुखले कान सुन्नु हुन्छ कि हुन्न’ भन्ने शब्द रेकर्डबाट हटाउन पनि उनले माग गरेकी थिइन्।  यसपछि सभामुखले नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सांसद राईले आफ्नो भाषा सुधार गर्ने र क्षमासहित बोल्ने भनेकोले समय दिने बताएका थिए। एमाले सांसद राईले ‘आज अचम्म भयो, सभामुख आत्तिएर एउटा सदस्यले कुरा राखिरहँदा तपाईंले जुन व्यवहार गर्नुभयो नि तपाईंले ५ वर्ष चलाउनुहुन्न, मैले खुट्टी हेरिसकेँ, मैले के कुरा भन्न खोजेको सुन्नु परेन?’