यी हुन् क्वार्टरफाइनलमा पुगेका ८ देश

काठमाडाैं । आज बिहान काेलम्बाेलाई हराउँदै स्विट्जरल्यान्ड छानिएसँगै जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। गएराति अर्जेन्टिना र बिहान स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन्। ब्राजिल जर्मनीसहित बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन्। गएराति भएको खेलमा अर्जेन्टिनाले इजिप्ट र आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गरेका छन्। अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन्। क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन्। एशियासहित अन्य महादेशबाट जारी विश्वकपको क्वार्टटफाइनमा प्रतिनिधित्व नहुने भएको छ। जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन्। त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन्। क्वाटरफाइनलका खेल बिहीबार रातिदेखि सुरु हुँदैछन्।

