विप्लवले भनेः सरकार बनाउँदा हामीलाई किन बोलाईएन ? अब सर्वपक्षीय सरकार बनाऔं

काठमाडौं । कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्दले जेनजी आन्दोलन पछि बनेको सरकारमा आफूहरुलाई नबोलाईएकोमा दुःख व्यक्त गरे । आफ्नो पार्टीले विगत १२ वर्षदेखि भ्रष्टाचारको विरोमा अभियान चलाइरहेको र जेनजी आन्दोलनमा पनि सहभागि भएको भएपनि सरकार बनाउँदा भने आफूहरुलाई नबोलाइएको उनले बताए । अब राज्यको पुनर्संरचना संविधान पुनर्लेखन गर्नुपर्ने उनले बताए । त्यसका लागि अहिलेको सरकार विघटन गरेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने उनको भनाई छ । अहिलेको सरकार विदेशीको इसारामा चलेको दावी गर्दै यो सरकारले निस्पक्ष चुनाव गर्न नसक्ने उनले बताए । ‘अध्यारो कुनाबाट रहस्यमय तरिकाले सरकार घोषणा गरियो । नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडिरहेको छ । विदोशीहरुले नेपाललाई खेल मैदान बनाएको छ । सर्वपक्षीय सरकार बनाउनु पर्छ । संविधान संशोधन गरेर संविधान पुनरलेखन र राज्यको पुनर्संचना गर्नुपर्छ । संसदवादी दलहरुले विदेशीसँग मिलेर मोजमस्ती गरे । अहिले नेताका घर जले । नेताका २ ओटा घर छन् भने दलालहरु १० ओटा छ, उनीहरु विदेशमा मस्ती गर्छन,’ उनले भने । चन्दले नेपालमा भ्रष्टाचारको छानविन र कारबाहीका लागि शक्तिशाली नागरिक आयोग र शक्तिशाली न्यायलय हुनुपर्ने बताए । न्यायलयमाथि पनि खनिएका चन्दले न्यायलय घुस खाएर न्याय सुनाउने गरेकाले निस्पक्ष फैसला गर्नसक्ने न्यायलय चाहिने उको भनाई छ । त्यस्ता भ्रष्टहरुलाई सर्वस्वसहित आजिवन काराबास गराउनुपर्ने उनको तर्क छ । नेपालका कम्युनिस्टहरूका बिचमा एकता चाहिने भएपनि कस्ताे एकता भन्ने कुराकाे जवाफ खाेज्नुपर्ने उनले बताए ।

