मकवानपुरमा ४ विद्यार्थीलाई खोलाले बगायो

वडाध्यक्ष सुवेदीका अनुसार हेटौँडा–१९ बस्तिपुरमा रहेको निर्मल माध्यामिक विद्यालयमा पढ्ने उनीहरू विद्यालय छुटेपछि घर फर्किएका थिए। बासुदेव खोला तरेर आफ्नो घर डाँडागाउँ जाने क्रममा खोल्सामा एक्कासी आएको बाढीले बगाएको वडाध्यक्ष सुवेदीले बताए।
‘दुईजनालाई फेला पार्न सकिएको छैन। खोजी गरिरहेका छौँ,’ वडाध्यक्ष सुवेदीले भने, ‘एकजना सकुशल नै फेला परेका छन्। एकजनाको शव भेटियो।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले पनि एक जनाको मृत्यु भएको, एक जनालाई उद्धार गरी उपचारका लागि पठाइएको र अन्य दुई जनाको खोजी जारी रहेको बताए।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरका दिप स्याङताङकी छोरी अन्दाजी वर्ष ८ कि रोसनी स्याङताङको शव बगाएको स्थानबाट ५०० मिटर तल रुखको जरामा अडिएको अबस्थामा फेला परेको हो।
सोही ठाउँका टीकाराम भोलन कि छोरी वर्ष ११ की सुमित्रा भोलान र राजकुमार भोलनकी छोरी वर्ष १२ कि बिनिता भोलन बेपत्ता रहेकोमा उनीहरूको खोजतसाल भइरहेको प्रहरीले जनाएको छ।

