माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाण्डे नियुक्त भएका छन्। उनले २०८३ साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरिसकेका छन्।बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव बटुलिसकेका पाण्डेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीसहित MBA र अलिगढ मुस्लिम विश्वविद्यालयबाट Electrical Engineering with Honors मा B-Tech उपाधि हासिल गरेका पाण्डेसँग बैंकिङका विविध क्षेत्रमा गहिरो अनुभव छ।
उनीसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, SME तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसनका साथै जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स, मर्जर तथा एकीकृत प्रणालीमा काम गरेको अनुभव रहेको छ। पाण्डेको नेतृत्व क्षमता र रणनीतिक अनुभवबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।


