पटकसम्म डोनाल्ड ट्रम्पलाई भोट हालेका प्रविधि क्षेत्रका विक्रेता ब्रेन्ट जिन्ड्राले राष्ट्रपति ट्रम्पको कडा अध्यागमन नीतिको समर्थन गर्दै आएका थिए। तर, सोही नीतिको सिकार आफ्नै श्रीमती हुनेछिन् भन्ने उनले कहिल्यै सोचेका थिएनन्।

गत महिना क्यालिफोर्नियाको बर्बैंक विमानस्थलमा अवतरण गर्नासाथ सङ्घीय एजेन्टहरूले उनकी पत्नी गालिना बोब्रेनेभालाई नियन्त्रणमा लिए। रुसकी नागरिक बोब्रेनेभासँग वैध राहदानी र  विचाराधीन ग्रिन कार्ड आवेदन भए तापनि अध्यागमन भिसाको अवधि सकिएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।

पक्राउ परेपछि उनलाई १६ दिनसम्म हिरासतमा राखियो। जसमध्ये एक रात उनले लस एन्जलसको एउटा चिसो बेसमेन्टको भुइँमा बिताइन् भने त्यसपछिका दिनहरू मोजाभे मरुभूमिस्थित हिरासत केन्द्रमा बिताउनुपर्यो। अन्ततः ३५ हजार अमेरिकी डलरको धरौटी र खुट्टामा निगरानी यन्त्र बाँध्ने सर्तमा उनी रिहा भएकी छन्।

अमेरिकामा ग्रिन कार्डको आवेदन प्रक्रियामा रहेका व्यक्तिहरूलाई यसअघिका प्रशासनहरूले गैरकानुनी मान्दैनथे। तर, ट्रम्प प्रशासनले दैनिक २,००० जनासम्मलाई पक्राउ गर्ने लक्ष्य राखेपछि कानुनी प्रक्रिया पालना गरिरहेका व्यक्तिहरू समेत यस कारबाहीको मारमा पर्न थालेका छन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने बोब्रेनेभाले राष्ट्रिय कानुनको उल्लङ्घन गरी भिसा अवधि नाघेकाले कारबाही गरिएको स्पष्ट पारेको छ। अर्कोतर्फ, जिन्ड्राले भने आफूले कानुनी रूपमा प्रवेश गरेका मानिसहरूलाई नभई आपराधिक पृष्ठभूमि भएका गैरकानुनी घुसपैठियाहरूविरुद्धको नीतिको समर्थन गरेको बताएका छन्।