सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक अफर घोषणा गरेको छ।

कम्पनीका अनुसार, ई-सेवा र खल्तीमार्फत बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।

यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुनेछ। कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री हुने विश्वास व्यक्त गरेको छ।