नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको जेठ १८ गतेको संसदमा प्रश्नोत्तर कार्यक्रममा बोल्नुभएको केही शब्दलाई हामीले केलाएका छौं संसद्मा संसद्ले उठाएको एउटा प्रसन्नको उत्तर यस्तो तरिकाले दिए कि जुन नेपाली जनता र नेपाली भूमिको विषयमा अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले नबोलेको र बोल्न नसकेको शब्द बोलेका छन् सांसद ले लिपुलेक र लिम्पुवाधुराको कुरा उठाउँदा बालेन्द्र शाहले नेपालको भूमि इन्डियाले मात्र होइन हामीले पनि इन्डियाको भूमि धेरै ठाउँमा मिचेका छौं भनेर जुन अभिव्यक्ति दिए त्यो अभिव्यक्ति अहिले बजारमा तरङ्गित भइरहेको छ। नेपाली भूमि इन्डिया र चाइनाको बीचमा पर्दछ। यो सबैलाई थाहा छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र इन्डियालाई मात्र जोडेर जुन खालको भाषा प्रयोग गरेका छन् त्यो भाषाले नेपालका प्रधानमन्त्री कसरी इन्डियासँग लम्पसार पर्दा रहेछन् भन्ने कुरा प्रष्ट भएको छ। किन उनी चाइनाको विषयमा बोलेनन् चाइना पनि नेपालको सिमानासँग जोडिएको देश हो के चाइनाले नेपालको सीमा मिचेको छैन या उनकै भाषामा सापटी लिँदा नेपालले इन्डियाको भूमि मिच्दा चाइनाको भूमि पनि मिचेको होला नि यो विषयमा नबोली उनी एकलौटी रुपमा इन्डियाको भूमि नेपालले मिचेको छ भन्ने शब्द प्रस्तुत गरेका छन् यो सरासर राष्ट्रघाती र राष्ट्रको प्रधानमन्त्री इन्डियाको कति पुतली भएको प्रष्ट भएको छ। उनका पार्टीका सभापति रवि लामिछाने जानुभन्दा अगाडि आकस्मिकमा मागी नेपालले भारतको भूमि मिचिएको छ र मिचेको छ भन्ने शब्द बोलेका छन् त्यो शब्दले भारत लाई खुसी बनाउन भनिएको शब्द मात्र भएको विश्लेषकहरूले बताउने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सत्तालाई टिकाउने र भत्काउने एउटा मात्र शक्ति इन्डिया रहेको बुझेरै यो शब्द प्रस्तुत गरेका छन्। किनकि उनको विवाद रवि र उन्मा हुनेछ। रवि इन्डिया जाँदै गर्दा इन्डियाका सत्ताधारी दलले दलका नेताहरुले भेट्ने कार्यक्रम छ। त्यो भेटमा यो कुरा अवश्य उड्नेछ। र रवि लामिछाने गल्नेछन् र पाँचै वर्ष प्रधानमन्त्री बालेन्द्र शाह रहनेछन् किनकि इन्डियाको आशीर्वादले अहिलेसम्मका सरकार र प्रधानमन्त्री टिकेको प्रष्ट देखिन्छ जब इन्डियासँग टसल गर्न गरिन्छ तब तब नेपालको सरकार ढलेको इतिहासहरु धेरै छन् यस कुराले के प्रष्ट हुन्छ भने नेपालका प्रधानमन्त्री बालेन्द्र शाह इन्डियासँग आफ्नो जग्गा फिर्ता दिएर पनि सत्ता टिकाइरहन खोज्ने र पाँचै वर्ष आफै प्रधानमन्त्री हुने दाउमा रहेको बुझिएको छ।