माओवादी केन्द्रद्वारा जेएनजी पुस्ताको आन्दोलनमा दमनप्रति कडा भत्र्सना

काठमाडौं, भाद्र २३ – जेएनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा भएको दमनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति कडा भत्र्सना गर्दै यस क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
सापकोटाले विज्ञप्तिमा जेएनजी पुस्ताले उठाएका सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धका मागहरू न्यायसंगत र जनपक्षीय भएको उल्लेख गर्दै तिनलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

