काठमाडौं, भदौ १६ – Emerging Asia Banking Conclave & Awards 2025 मा उल्लेखनीय लघुवित्त वित्तीय संस्थाले प्रतिष्ठित ‘The Best Bank’ उपाधि हात पारेको छ। साथै, संस्थाले Best AI/ML Implementation श्रेणीमा प्रथम स्थान र Best MSME Acceleration श्रेणीमा Runner-up समेत जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सशक्त उपस्थिति कायम गरेको छ।

उक्त सम्मेलन भारतको Indian Chamber of Commerce (ICC) को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल, भारत, बंगलादेश, भुटान लगायतका देशका बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री देवराज पौडेल ले पुरस्कार ग्रहण गर्दै, “ग्रामीण तथा वञ्चित समुदायलाई डिजिटल वित्तीय सेवामार्फत पहुँच विस्तार गर्नु हाम्रो मुख्य उद्देश्य हो। यसलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता मिल्नु हाम्रो लागि गर्वको विषय हो,” भनेर प्रतिक्रिया दिएका छन्।

यसअघि पनि, सन् २०२३ मा सोही सम्मेलनमा उल्लेखनीय लघुवित्तले Best Assets Management श्रेणीमा Runner-up पुरस्कार प्राप्त गरेको थियो।

संस्थाले उपलब्धि आफ्नो ग्राहक, शेयरधनी, कर्मचारी तथा सरोकारवालाको निरन्तर विश्वास र सहयोगकै परिणाम भएको जनाएको छ।