एन आई सी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

भाद्र १५, काठमाडौं ।
एन आई सी एशिया बैंकका ग्राहकहरूले अब राजधानीस्थित र्याडिसन होटलमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र होटलबीच सम्पन्न समझदारीअनुसार, ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
सम्झौताअनुसार, र्याडिसन होटलमा खाना तथा पेय पदार्थ र फिटनेस सेन्टर (जिम) सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ। यस्तै, एयरपोर्ट लाउञ्ज एण्ड रेस्टुरेन्ट, पेस्त्री शप र ट्राङक्विलिटी स्पा मा भने १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
ग्राहकहरूले यो छुट पाउन एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले यस सहकार्यले ग्राहकहरूलाई आकर्षक सुविधा दिलाउने मात्र नभई डिजिटल भुक्तानी सेवाको प्रवर्द्धनमार्फत नगदरहित कारोबारलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

