काठमाडौं, भदौ ८।
ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट्सले आफ्ना सदस्य ग्राहकहरूलाई विशेष छुट योजना ल्याएको छ। यस योजनाअनुसार सदस्यहरूले विभिन्न शाखामा भोजन तथा कोठा सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्बन्धित होटल तथा रिसोर्टहरूले खाना तथा कोठा दुबै सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्। कम्पनीले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी र धरानस्थित आफ्ना शाखामार्फत उक्त छुट लागू गर्ने जनाएको छ।

ग्राहकहरूले उक्त छुट लिनका लागि ल्यान्डमार्कको सदस्यता कार्ड, एप वा मोबाइल बैंकिङ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै, छुट योजनामार्फत प्राप्त हुने सुविधा सदस्य ग्राहकहरूको दैनिकीलाई अझ सुलभ बनाउन मद्दत गर्ने दाबी गरिएको छ।