नेपाली बैंकहरुमा एउटा छुट्टै पहिचान बनाएको नबिल बैंक नेपालको प्रमुख बैंकको रुपमा चिनिदै आएको छ । त्यसमा पनि आधा आकाश भनेर चिनिने महिला दिदीबहिनीको लागि नबिल बैंकले नेपाली महिलाहरूको आर्थिक सशक्तिकरण र उद्यमशीलता प्रवर्द्धन गर्नका लागि “नबिल नारी” नामक विशेष योजना सार्वजनिक गरेको छ। नेपालमा आधा भन्दा बढी जनसंख्या महिला दिदिबहिनीहरुको संख्या रहेकोले ती दिदीबहिनीहरुको हितको लागि बैंकले महिला सम्मानको अभिव्यक्ति गर्दै तीन नयाँ बचत तथा कर्जा योजना ल्याएको छ। महिलाको हितको लागि नै नेपाली अभिनेत्री प्रियंका कार्की लाई बैंकले नबिल नारीको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ। बैंकले महिलाहरूको आर्थिक सशक्तिकरणलाई ध्यानमा राख्दै ‘नबिल प्रिमियम नारी बचत खाता’ सार्वजनिक गरेको छ। यो खाता विशेष गरी ग्रामीण तथा शहरी क्षेत्रका ती महिलाहरूका लागि लक्षित गरिएको छ, जो आ–आफ्नो क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आइरहेका छन्।
बैंकले जनाएअनुसार, घरपरिवार, व्यवसाय, कृषि, शिक्षादेखि स्वास्थ्य सेवा जस्ता विभिन्न क्षेत्रमा सकृय महिलाहरूले यो खाताबाट सुलभ सेवा, उच्च व्याजदर, विशेष सुविधाहरू र सल्लाहकार सेवाहरू प्राप्त गर्न सक्नेछन्।
नबिल बैंकका प्रवक्ताका अनुसार –
“महिलाहरूको जीवनशैली र योगदानलाई सम्मान गर्दै हामीले यस्तो खाता ल्याएका हौं, जसले उनीहरूको बहुआयामिक भूमिकालाई सघाउँछ। चाहे उनीहरू ग्रामीण कृषक हुन् वा शहरी व्यवसायी – सबैका लागि यो खाता उपयोगी हुनेछ।”

मुख्य सुविधाहरूमा

न्यून मौज्दातमा खाता सञ्चालन

आकर्षक ब्याजदर

डिजिटल बैंकिङ सेवा

स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको पहुँच

महिला उद्यमशीलता प्रवर्द्धनमा सहयोग

बैंकले महिलाहरूलाई आफ्ना आर्थिक क्रियाकलापहरूमा आत्मनिर्भर र सक्षम बनाउन यो नयाँ योजना मार्फत सहयोग पुर्‍याउने अपेक्षा लिएको छ। नबिल प्रिमियम नारी बचत खाता अब देशभरका शाखा तथा डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा खोल्न सकिनेछ। यस संगै क्रेडिट कार्ड (स्थानिय तथा अन्तर्राष्ट्रिय) ,डिमाण्ड ड्राफ्ट/स्विफ्ट ट्रान्सफर र लकर सेवा उपलब्ध गराइने छ।

नबिल नारी कर्जा (Nabil Nari Karja) कसलाई पाउने ?

महिला स्वामित्व भएको निजी फर्म ,५०% महिला साझेदारी भएको पार्टनरशिप फर्म र ५१% महिलाको सेयर स्वामित्व भएको कम्पनीले पाउने छ। साथै आकर्षक वार्षिक ब्याजदर: ९.९९% (पहिलो वर्षका लागि स्थिर) रहने छ।