काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तीमा नयाँ ट्वीष्ट आएको छ । सरकारले रातारात संसोधन गरेको मापदण्डले गभर्नरको रेसमा रहेका सबै योग्य उम्मेदवारहरुलाई अयोग्य बनाईदिएको छ । र ६५ वर्ष नाघेका बुढापाकाहरुलाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ । अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ अहिले संसोधनसहित सार्वजनिक भएको छ । मापदण्डको दफा ३ मा नियुक्तिका लागि योग्यता सम्बन्धि व्यवस्था गरेको छ । पहिलेको मापदण्डमा दफा तीनमा नियुक्तिको योग्यतामा (क), (ख), (ग) राखिएको थियो । अहिले सो मापदण्डको ९ग० हटाइएको छ । पहिलेको मापदण्ड ग मा ‘कार्यकारी प्रमुखको हकमा तीस वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यको हकमा पैतीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको।’ उल्लेख छ । अहिले सो व्यवस्था हटाएको छ । पुरानो व्यवस्था गभर्नर नियुक्तीको मुखैमा आएपछि सरकारले रातारात मापदण्ड नै संसोधन गरेको छ र अब ६५ वर्ष नाघेकाहरु यो रेसका बलिया घोडाका रुपमा सामन्ने आएका छन् । यस अघि गभर्नरको रेसमा शक्तिशाली ठानिएका निलम ढुंगाना, डा। प्रकाश कुमार श्रेष्ठ, डा। गुणाकर भट्ट, अशोक शेरचनहरु अब भने रेस आउट नै भएको बताइन्छ । अब यो रेसमा ६५ नाघेका पेन्सनरहरु बलशाली भएर उभिएका छन् । नेपाल सरकारको जागिर खाएर कम्तिमा पनि ३० वर्ष सेवा गरेका पेन्सनरहरु राजेन्द्र किशोर क्षेत्री, रामेश्वर खनाल र रबिन्द्र पाण्डेहरु शसक्त दावेदारीसहित उपस्थित भएका छन् । ज्ञात रहोस् यी दुबै जना पूर्व प्रशासकहरु नेपाल सरकारका पेन्सनर हुन् र उमेरले ६५ नाघेका ।