मुक्तिनाथ विकास बैंकद्वारा “सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर” अभियानलाई सहयोग


तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यो अभियानले बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन मद्दत पुग्ने र स्थानीय जनतामा सुरक्षाको अनुभूति बढाउने विश्वास बैंकले व्यक्त गरेको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनय केसी, अन्य पदाधिकारीहरू र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको थियो। बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
यसैबीच, मुक्तिनाथ विकास बैंकले “नेपालमै टिक्न, सजिलो छ” भन्ने नाराका साथ साना व्यापार र व्यवसायलाई प्रोत्साहन गर्न ‘मुक्तिनाथ सरल कर्जा योजना’ ल्याएको छ। यस योजनाले साना व्यवसायीहरूलाई आर्थिक सहायता प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न सुविधाहरू पनि उपलब्ध गराएको छ। प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ र खातामै रेमिट्यान्स जम्मा गर्न सकिने जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। यी सेवाहरूले ग्राहकको समय र प्रयास बचत गर्नुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने बैंकको दाबी छ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व र ग्राहकमुखी सेवामार्फत समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासलाई निरन्तरता दिइरहेको छ।