रविलाई धराैटी लिएर छाड्न चितवन अदालतको आदेश


चितवन। चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धराैटीमा छाड्न आदेश दिएका थिए ।