काठमाडौं । पाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूहरूलाई आधिकारिकता नदिन षड्यन्त्र भइरहेको बताएका छन्। राजाको शासनकालमा समेत सर्वोच्च अदालतले राजाको खिलाफमा हुने गरी आफूलाई न्याय दिएको बताउँदै देउवाले आफूलाई सर्वोच्चप्रति विश्वास रहेको बताए। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले सर्वोच्चबाट पाएको पुनरवलोकनको निस्सालाई आधा जितको रूपमा अर्थ्याए। उनले भने, ‘अहिले पनि कसलाई के भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइरहेको छ। त्यसलाई हामी कुनै हालतमा मान्दैनौँ।’ विशेष महाधिवेशनमा भाग लिनेहरूको सनाखत नै नभएको तथा निर्वाचन आयोगका प्रमुख आयुक्तले समेत आफ्नो ज्यानलाई खतरा भएपछि निर्णय गरेको बताएका देउवाले जिकिर गरे।