एमबाप्पेको पेनाल्टी मिस, रियलकाे हार

काठमाडौं । स्पेनिस लिगमा यसअघि सत्प्रतिशत परिणाम निकालेकाे रियल मड्रिडकाे यात्रामा ब्रेक लागेकाे छ । किलियन एमबापे पेनाल्टीमा चुकेपछि रियल बेटिसले शुक्रबार स्पेनी ला लिगामा रियल म्याड्रिडलाई १–० ले स्तब्ध पारेको छ । विजयी टिमका लागि ट्रोय पाराटले निर्णायक गोल गरे । यस हारपछि प्रशिक्षक जोसे मोउरिन्होका लागि रियलमा शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको छ । नयाँ प्रशिक्षकका रूपमा मोउरिन्हो आएयता रियलले सुरुआती तीनै खेल जितेको थियो । खेलको अन्त्यतिर बेटिसका गोलरक्षक अल्भारो भालेसले एमबापेलको पेनाल्टी रोके र आफ्नो टिमलाई सम्झनालायक जित दिलाउन सफल रहे । यो जितपछि बेटिसको नौ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । रियल भने नौ अंकमै सीमित रहेर दोस्रो स्थानमा रह्यो ।

