सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री केशव प्रसाद भट्टराई नियूक्त


सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति २०७९।०७।२८ गते सम्पन्न बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भए बमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मिति २०७९÷०८÷२७ मा कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोवार गर्ने स्विकृति प्राप्त भए पश्चात् मिति २०७९÷०९÷०७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ ।
यसै सन्दर्भमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको मिति २०७९÷०९÷०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को संचालक समितिका अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भयो । तत्पश्चात् सोही दिन अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष श्री भट्टराईद्वारा संचालकज्यूहरु श्री नन्द किशोर शर्माज्यू, श्री हेमन्त नाहटाज्यू, श्री विवेक झाज्यू, श्री जयन्त कुमार अग्रवालज्यू एवं श्रीमती प्रिया तायलज्यूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । कम्पनीको संचालक समितिको सल्लाहकारमा श्री आकाश गोल्छाज्यू नियूक्त हुनुको भएको छ ।