स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको Head- Financial Markets and Treasury Markets मा सर्वेन्द्र मिश्र नियुक्त

काठमाडौं, २०७९ कार्तिक १७ गते । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले श्री सर्वेन्द्र मिश्रलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको Head- Financial Markets and Treasury Markets मा सर्वेन्द्र मिश्र नियुक्त नियुक्त गरेको छ । वहाँसंग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि श्री मिश्र सनराइज बैंकमा Group Treasurer, Head of Treasury Financial & Global Markets , को कोषाध्यक्ष हुनुहुन्थ्यो भनें वहाँले सनराइज क्यापिटल लि.मा Director (Investments) पदमा पनि काम गरिसक्नु भएको छ । साथै वहाँ Foreign Exchange and Money Market Dealers Association of Nepal (FEDAN), को पूर्व अध्यक्ष रही सक्नु भएको छ र हाल Association for Finance Professional (AFP), Bethesda, Maryland, USA] क्रियाशिल सदस्य हुनुहुन्छ ।

