एमालेले यसपालिको चुनावमा बाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षसहित विभिन्न बैंकका सिइओ, अर्थ मन्त्रालय र मातहतका कर्मचारी, वल्र्ड बैंक, एडिबी, आइएमएफलगायत विभिन्न दातृ निकायमा जागिर खानेहरु, राजदूत भएर गएका र संवैधानिक नियुक्ति खाएका, सचिव, सहसचिवहरुबाट २ करोड रुपैयाँ  रकम उठाउएको छ। यस्तै मारवाडीभन्दा अजेयराज सुमार्गीले एमालेलाई बढी पैसा दिएको पाइएको छ ।

यसरी कर्मचारी, व्यापारीसहितका विभिन्न पेशाकर्मीसँग रकम संकलन गर्ने जिम्मा एमालेले पेशागत उपत्यका विशेष प्रदेश कमिटीलाई दिएको छ । अर्थ मन्त्रालयबाट अवकाश पाएका प्रेमप्रसाद पराजुली उक्त कमिटीका अध्यक्ष हुन् । त्यसले अस्ति सोमबार मात्रै १२ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जो–जो, जुन–जुन क्षेत्रमा बस्छन्, त्यहीँ–त्यहीँ परिचालित हुने र पैसा जसले जति सक्छ, उठाउने भनिएको छ ।