राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका श्री केशवप्रसाद लम्सालज्यू यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको मिति २०७९÷०७÷०२ मा बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी वहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक श्री केशवप्रसाद लम्सालज्यूले बैंकका सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको वहाँ राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश हुनुभएको थियो । बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त हुनुभएको अवसरमा श्री केशवप्रसाद लम्सालज्यूलाई वहाँको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।