मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ ।
देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र (Agriculture Ecosystem) लाई व्यबस्थापन बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

