विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनकोे समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार सम्पन्न भएको हो । धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्भअगचष्तथ च्ष्कप ःबलबनझभलत बलम ीभनब िक्ष्ककगभक बिषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो । यो विश्व लगानीकर्ता सप्ताह क्ष्लतभचलबतष्यलब िइचनबलष्शबतष्यल या क्भअगचष्तष्भक ऋयmmष्ककष्यल ९क्ष्इक्ऋइ० को आव्हनमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ । यस कार्यक्रमको सभापतित्व जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी.बिमल) ले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाईरेक्टर डा. भरत सिंह थापा हुनुहुन्थ्यो । तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा विज्ञ प्रशिक्षकको रुपमा धितोपत्र बोर्डका कानूनी विभागका एक्टिङ्ग डाईरेक्टर राजाराम दुवालले प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारी लगायत कार्यसमिति सदस्यहरुसमेत गरी करीब ६० जनाको सहभागिता भएको उक्त कार्यक्रममा काजिअ बारका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. बिमल) ले वर्तमान शेयर बजारमा धेरै लगानीकर्ताहरुको प्रवेश भएको र सबैमा शेयर बजारसम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा शेयर बजारबाट हुनसक्ने नोक्सानी र कानूनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभएको थियो ।

शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।