मितिः२०७९÷०६÷१७

माछापुच्छ्रे  बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रेबैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ । २२ वर्षको दौरानमा बैंक प्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरु प्रति बैंक सदैव अनुग्रहित छ ।
२२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो ज्यूले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसै गरी सञ्चालक समितिका सदस्य श्री रोशन के.सी ज्यूले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गर्नु भयो । साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु श्री जयमुकुन्द खनाल र विश्वप्रकाश गौतम ज्यूले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्याल ज्यूले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गर्नुभयो ।े
साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु  foodmandu  , डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकलेMBL M SMART मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २०% वा अधिकतम ३०० रुपैयाँ, ःद्यी ः क्ःब्च्त् मार्फत पहिलो पटक मोबाईल त्यउगउ गर्दा १०% वा अधिकतम १०० रुपैयाँ Central Bazar मार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, ऋन् म्ष्नष्तब ि मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), ऋभलतचब िद्यबशबबच मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट म्बचबश मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् ।
स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेबैंक लि. आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बंैकिङ्ग, १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारी मार्फत ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।
२२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २२ औँ् वार्षिकोत्सवको अवसरमा बैंकले आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २२ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ ।