माछापुच्छ्रे बैंकले ल्यायो Nepalpay QR मा १० प्रतिशत Cash Back अफर

माछापुच्छे बैंकले NCHL संग को सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।
यो अफर यहि मिति २०७८ असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले ल्भउबउिबथ त्तच् बाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्नुेछन् । साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

