(९ असोज, २०७९)
काठमाण्डौं, भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अबभाट–भटेनीमा  NEPALPAY QR  भुक्तानी गर्दा १०% क्यासब्याक स्क्यान गरी भुक्तानी गर्दा १०% –अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुनेछ ।

भाट–भटेनीमा  NEPALPAY QR  भुक्तानी गर्दा १०% क्यासब्याक को रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध ल्भ्एब्ीएब्थ् त्तच्मा ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । भाट–भटेनीमा  NEPALPAY QR  सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हल    NEPALPAY QR  सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना  बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स,  CellPay, MORU   र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको  QR scan screen मा  NEPALPAY  लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

थपजानकारीका लागि                        https://connectips.com/knowmore/bhatbhatenicashback/                         मा हेर्नुहोस् ।