असोज ९, २०७९, काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले  कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच  Way to Listing”सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न  सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं ।
सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक श्री पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडका तर्फबाट कम्पनिका अध्यक्ष श्री कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गर्नुभयो ।
इजराईलबाट कृषिसम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनिले आफ्नो सहायक कम्पनि ए. एन. एम. सि. एग्रो प्रा. लि. मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ । आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड तथा गण्डकि प्रदेश सरकार, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णालि प्रदेशका स्थानिय निकायसँगको साझेदारीमा व्यवसायिक ‘इन्कुवेसन सेन्टर’ मार्फत “ीभबचल बलम म्य” तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यवसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारको रुपमा समेत कार्य गर्दै आइरहेको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएवापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट “सर्वोत्कृष्ट उद्यमि पुरष्कार” तथा “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट पुरस्कृत भइसकेको छ ।    कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच  Way to Listing”सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्नसेवा सम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ विभाग प्रमुख श्री सबिन बुढाथोकीलाई मोवाईल नं. ९८५११९०११० वा इमेल  sabin.budhathoki@kumaricapital.com  मा सोझै सम्र्पक गर्न सकिने व्यहोरा समेत सहर्ष जानकारी गराउदछौं ।