नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सेप्टेम्बर ९ मा सम्पन्न गरेको छ । 

इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का  ३ विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १.५ लाख, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

 

हाल पुर्वाधार क्षेत्र जस्तेे  (यातायात, सिँचाइ, ऊर्जा, आवास, कृषि, डिजिटल, आदि) मा रहेको  पुर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उदेश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नविन्तम सोच भएका आइडिया हरुलाई प्रोत्सहान र अवसर प्रधान गरेको हो |

 

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२, सेप्टेम्बर ८-९ गते  सोल्टि होटलमा समपन्न भएको थियो | उक्त कार्यक्रममा ५००  भन्दा बढी सरकारी कर्मचारी, विदेशी प्रतिष्ठित व्यक्तिहरू, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरूको उपस्तिथि रहेको थियो |