माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेब साइटमार्फत सजिलै अमेरिका र युरोपमा बस्‍नेे नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्‍चालनमा ल्याएको छ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ वा बेवसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने छ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने बैंकले जनाएको छ।

जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले  आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन्।

उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन्। यो सुविधा विदेशमा रहेका नागरिकहरूले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन्।