यस माछापुच्छ्रे  बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा  माछापुच्छ्रे बैंक लि.,  NITV Streamz Private Limited / Worldlink Communications Ltd बीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा    NITV Streamz Private Limited / Worldlink Communications Ltd को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निरन राजभण्डारीज्यू र श्री केशव नेपालज्यू तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक श्री प्रसिद्ध राज अर्यालज्यूले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको क्ष्लकतबउबथ सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज EMI मा लिन सकिने ब्यवस्था गरिएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी  NITV Streamz Private Limited / Worldlink Communications Ltd ले संचालन गरेको Instapay  मा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट उपभोग गर्न सक्नेछन् । बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा  NITV Streamz Private Limited / Worldlink Communications Ltd को नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ ।

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।