जलवायु परिवर्तनको असर ः बढ्दो बाढी खडेरी र खाद्य सुरक्षा संकट डा. केदार कार्की

संयुक्त राष्ट्रसंघको विश्व जल विकास प्रतिवेदन अनुसरा आउनेसमयमा जलवायु परिवर्तनको कारणले पानी कि त कम होला कि बढी जसलेगर्दा कृषि उत्पादकता कम हुनेछ । संयुक्त राष्ट्रसंघको विश्व जल विकास प्रतिवेदनले चेतावनी दिएको छ कि जलवायु परिवर्तनले गर्दा पानीको उपलब्धतामा प्रभाव पार्ने छ जसका कारणले वैश्वकि खाद्यान्न उत्पादनको मौलिक स्वरुप बदलिन सक्दछ । यसरी आउने समयमा मौसममा हुने स–सानो परिवतैन पनि खाद्य असुरक्षा, खाद्यान्नको मूल्य बृद्धि एवम् ग्रामीण क्षेत्रमा गरिबीको घटनाहरु बढाउसन सक्दछ । स्थानीय मौसमको स्वरुपमा परिवर्तनको कारणले वर्ष २०४० सम्ममा प्रमुख बालीहरु गहुँ, धान, (सोयाविन) भटमास एवम् मकैको उत्पादनमा प्रभाव पर्नेछ । यस प्रभावलाई नेशनल प्रोसिडिङ्ग अफ द नेशनल एकेडेमी अफ साइन्सेज अफ द युनाइटेडस्टेट्स अफ अमेरिकामा विगत मई महिनामा प्रकाशित अनुसन्धात प्रतिवेदनमा अभिलिखित छ । यस प्रतिवेदनलाई उदृत गर्दै संयुक्त राष्ट्रले भनेको छ कि जलवायु परिवर्तनको कारणले यस्ता देशहरुमा यी चार मुख्य बालीका खेतहरु या सधैँ खडेरीग्रस्त हुनेछन वा अत्यधिक वर्षका कारण डुबानक्षेत्रमा परिणत हुनेछन् । उदाहरणका लागि २०२० एवम् २०६० को बीचमा भारतमा यति बेला गहुँको खेतिका लागि उपयोगमा आउको ३० प्रतिशत भूमि हरित गृह ग्यास उत्सर्जनको बर्तमान रुझानहरु अनुसार अधिकक वार्ष प्राप्त गर्नेछ । अर्कोतिर मेक्सीको एवम् दक्षिण अफ्रिका जस्ता देशका ८० देखि ९९ प्रतिशतसम्म गहुँ हुने खेतले कम वर्ष ग्रहण गर्नेछ । अनुमानहरुमा भनिएको छ कि अफ्रिकाको केही भागहरु सहित अमेरिका, अष्ट्रेलिया एवम् युरोपका भागहरु सुखा हुनेछन् । जबकि उष्णकटिबन्धीय क्षेत्र एवम् उत्तरतिर असिना पर्नेछ । यस ष्ोत्रका लागि यस रुझानले यो दर्शाउँछ कि धान खेतीका लािग उपयोग हुने भूमिको १०० प्रतिशत मकैको ९१ प्रतिशत एवम् भटमासको ८० प्रतिशत भाग आउँदो ४० वर्षहरु भित्रमा अत्याधिक बर्षको परिस्थितहरुको सामना गर्नेछ । यसबाट यो सावित हुन्छ कृषि कार्यको बढ्दो दर एवम् दिनदिनै मौसमको बढ्दो जोखिम एवम् परिवर्तनले आउँदो ६०–१०० वर्षहरु धेरै कठिन हुनेछ । आउने समयमा तापमान एवम् वर्षा हुनेमा दीर्घकालिन परिवर्तन खाद्य सुरक्षाका लागि चिन्ताको कारण मानिन्छ । यस तथ्यका वावजुद वैश्वीक खाद्य प्रणाली सामात्यत बढ्दो क्यालोरीको माग पूरा गरिराखेको छ । उपरोक्त प्रतिवेदनका अनुसार ८२.१ करोड मानिस (विश्व जनसंख्याको १० प्रतिशत) कुपोषित नै छन् एवम् यो संख्या तेजीले बढ्दो छ । विश्वभरिका कृषि प्रणालीहरु चाहे त्यो अर्धशुष्क भारतीय उपमहाद्विप होस वा उत्तरी अफ्रिकाको मध्यक्षेत्र हुन सबै जलवायु परिवर्तनबाट उत्पन्न प्रभावहरुको लागि अध्यधिक असुरक्षित छन् । मनसुन प्रभावित भारतीय उपमहाद्विपमा जलवायु परिवर्तनका कारणले वर्षामा हुने बृद्धिले बाढीको सिथति उत्पन्न गराउने छ एवम् यसको कमीले खडेरी एवम् अत्याधिक तापमानको स्थिति बन्ने छ । हिँउ पग्लिनाले पानीमा निर्भर तटीय क्षेत्रको खेतिपातीमा यो असुरक्षा मामलाहरुमा सबैभन्दा बढी असुरक्षित श्रेणीमा राखिएकोछ । जसका कारण उत्पादनमा कमी आउन सक्तछ । साथै बाढी एवम् खडेरीका घट्नाहरु बढन्न सक्नेछ । पछिल्लो २० वर्षमा भूमिको सतहमा स्थित जलको कमी, भू–जलको मात्रामा कमी चरम दिनहरुमा बृद्धिया कमी एवम् त्यसबाट उत्पन्न हुने बाढीको प्रकोप जस्ता जलवायु परिवर्तनका प्रवाहक हुन एवम् विशेषरुपले यसको तीब्रता बर्सिने अवधि एवम् पटक पटक बर्सिने प्रबृत्तिले कृषिको उत्पादकतामा असर परिराखेको छ । जलवायु परिवर्तनले पानी एवम् पानीको कमीमा अधिकताले कृषिमा धेरै बढी प्रभाव पार्दछ । विश्वका कैयौं क्षेत्रहरमा पानीको कमी एउटा ठूलो चुनौतीका रुपमा सामुन्ने आइराखेकोछ ।जल प्रबन्धन कृषि कार्यका लागि धेरै महत्वपूर्ण हुन्छ एवम् वालीनाली त कहिले मुख्य खाद्यबाली उब्जाउनु आवश्यक छ । प्रतिवेदनमा भनिएको छ जलवायु परिवर्तनलाई दृष्टिगत गर्दा कृषि जल प्रवन्धनका लागि दोहोरो चुनौति देखिन्छ । प्रतिवेदन अनुसार पहिलो चुनौति कृािष्को वर्तमान स्वरुपलाई अपनाएर पानीको कमी एवम् अधिकता (बाढी एवम् खडेरी) को स्थितिलाई निपटारा गर्नका लागि खडेरीको स्थितिमा पानीको उपलब्धता एवम् बाढीको बेला जल निकास हुनुपर्नेछ । दोश्रो चुनौति हरित गृह ग्यासलाई कम गरेर जलवायु परिवर्तनको बेगलाई क मगर्ने । इ.सं. २०१७ को खाद्य कृषि संगठनको लामो अबधिको अनुमानलाई पनि साम्ुन्ने ल्याउँदै भनिएको छ कि कम एवम् मध्यम आय भएका देशहरु विशेषरुपले मध्यपूर्वमा क्यालोरीको माग एकैसाथ बढ्नेछ । प्रतिवेदनमा भनिएको छ मात्र पानीको उपलब्धता एवम् उतारचढावलाई ध्यानमा राखेर योजना बनाउँदैमा कृषि उत्पादकतामा चाहेजस्तो परिणाम आउने छैन । पानीलाई जलवायु परिवर्तन रोक्नका लागि अन्य स्मार्ट तरिकाहरुका साथ हेर्नु पर्ने हुन्छ एवम् आवश्यक कदम उठाउनु पर्नेछ । पुरै जलचक्रमा परिवर्तनलाई यसरी हेर्नुपर्ने हुन्छ जसलेगर्दा कृषिको उत्पादकतामा सकारात्मक ल्यउनुका साथै हरितगृह ग्यासहरुको उत्सर्जनलाई पनि कम गरोस् अनिमात्र जलवायु परिवर्तनले गर्दा हुन सक्ने जलवायु संकटबाट राहत पाइनेछ । अन्यथा भगवान भरोसे बाहेकको उपाय छैन ।

