मिति २०७९ भाद्र २७ सोमबार

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ३,९३,७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,६८,५९० कित्ता शेयर मिति २०७९÷०५÷१५ देखि २०७९÷०५÷१९ गते सम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८० कित्ताको लागि आवेदन प्राप्त भएको ।

उक्त निष्काशनमा आवेदन दिनुहुने १८,३८,७५१ जना आवेदकहरु मध्ये रित नपुगेका १,३१५ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १८,३७,४३६ जना आवेदकहरुलाई एउटै समुहमा राखि ३६,८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,६८,५९० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।

 

 

पो.ब.नं.१२०५५, कमलपोखरी, काठमाण्डौं ।
फोन नं.ः४५२८५५०, ४५२८६६०