यहि मिति २०७९ भाद्र १५ मा  Visa International द्वारा Leaders’ Conclave Payments Innovation For Digital Nepal”  सम्मेलनको आयोजना भएको थियो । सो आयोजित  Leaders’ Conclave सम्मेलनमा  Visa International   कुमारी बैंक लिमिटेड लाई  Excellence in E-Commerce Business 2022  अवार्डले सुसम्मानित गरिएको छ । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा  (Highest Ecommerce Business Volume)   हासिल गरेकोमा प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।