बालेनको कारबाही बाट यसरी बच्यो काठमाडौं फनपार्क

काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई कर तिरेको छ।
महानगरपालिकाले कर तिर्न बुधबार २४ घण्टे अल्टिमेटम दिएपछि बिहिबार फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगरको राजस्व विभाग पुगेर १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेका हुन् । कर तिरेपछि बालेनको कारबाही बाट काठमाडौं फनपार्क बचेको छ।
उक्त मनोरञ्जन कर पाँच वर्षको भएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। फनपार्कले अन्य व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने वडामा बुझाउनु पर्नेछ।
फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले बुधबार पत्र पठाएको थियो । तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको थियो ।

