सरकारले किन चिनीको भन्सार शुल्क दोबर बृद्धि गर्यो ?

सरकारले भारतबाट आयातित चिनीले नेपाली कृषक मर्कामा परेको भन्दै भन्सार शुल्क दोबर बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट आयातित चिनीले नेपाली कृषक मर्कामा परेको भन्दै भन्सार शुल्क दोबर बनाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार चिनीको भन्सार मुल्य यसअघि १५ प्रतिशत रहेकोमा अब ३० प्रतिशत बनाउने निर्णय भएको छ ।
आजको मन्त्रिपरिषद्को बैठकले यातायातसँग सम्बन्धित समितिहरु अनिवार्य रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी बैठकले बाहिरी चक्रपथको डीपीआर स्वीकृत गरेको उनले बताए ।

