प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

“यो तीजमा प्रभु क्यापिटलको उपहार, ब्ःऋ मा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क (ब्ःऋ) मा १०० % नै छूट पाउनुहुने प्रभु क्यापिटलले जनाएको छ । यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० % छुट दिई १ प्रतिशत मात्र ब्ःऋ लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक बर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।

 

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलको एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले  https://bit.ly/3cwlYKb र आईओएस प्रयोगकर्ताले    https://apple.co/3AnkU3a       गरी डाउनलोड गर्नुहोस् ।