पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

आज मिति २०७९ साल भाद्र १२ गते आईतबार पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२,९४,६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२,९४,६८२ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण ३१ गते देखि भाद्र ०५ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर २४ लाख ६७ हजार ४ सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ७.३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट जततउकस्ररचभकगतिक।उचबदजगअबउष्तब।िअयm र तथा सिडिएससिको वेवसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

